धनगढीका मेयर गोपाल हमालकी छोरी २ दिनदेखि वेपत्ता, खोजीका लागि फेसबुकमा अपिल
काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी २ दिनदेखि सम्पर्कविहीन भएकी छिन्।
मेयर हमालले आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएको जनाएको छन्। ओशो साधक आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन।
उनी सोमबारदेखि बेपत्ता भएको उनका साथीबाट खवर आएको हमालले आफनो फेसवुकमा उल्लेख गरेका छन्। ‘मेरी जेठी छोरी आरती ओशो साधक हुन। उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन। हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु।’– हमालले फेसवुकमा लेखेका छन्।
प्रतिक्रिया