आफना ठानेका ३ सन्तान अर्कैका भएको खुलेपछि विवाहको १६ वर्षपछि डिभार्स

काठमाडौं– चीनमा घटेको एउटा घट्ना अहिले काफी चर्चामा छ। यो घट्ना पतिपत्निसँग जोडिएको छ। घट्ना यसरी छताछुल्ल भयो की, विवाहको १६ वर्षपछि तहसनहस भयो। यो घट्ना चीनको हो।

डिसेम्बर २००७ मा चेन जिक्सियन नामका एक ब्यक्तिले ले आफूभन्दा ८ वर्ष कान्छी यू हुआ नामकी युवतीसँग पहिलो चिनाजानमै विवाह गरे। यू एकजना निकै सरल र व्यवहारिक महिला देखिन्थिन्। चेनलाई उनका बुवाआमाले बिवाहका लागि लामो समयदेखि दबाब दिइरहेका थिए। यस्तोमा यूसँग भेट भएपछि उनले पहिलो नजरमै मन पराए र विवाह गर्न तयार भए।

अहिले उनीहरुको विवाह भएको१६ वर्ष भयो। तीन छोरी जन्मिए। उनीहरु राम्रैसँग हुर्किरहेका थिए र उनीहरुको सम्बन्ध गज्जबले चलिरहेको थियो। तर १६ वर्षपछि अकस्मात् एउटा गम्भीर धोकाको खुलासा भयो र आफ्नी पत्नीको कर्तूत थाहा पाएर चेन निकै मर्माहत भए।

बिहे भएको केही दिनपछि नै यू ले पति चेनसँग आफु गर्भवती भएको बताइन्। यस्तो सुन्दा चेन खुसीले गदगद भए। यूले छोरी जन्माइन्। चेन रोजगारीका लागि अर्को सहर गए। गाडी चलाउने काम गर्ने चेन अधिकांस समय पत्नीबाट टाढै हुन थाले। यस बीचमा यू हुआले दोस्रो सन्तान जन्माईन, छोरीको रुपमा। चेन अझै खुसी भए। सन् २०१९ यूले आफु तेश्रोपटक गर्भवती भएको बताइन्। यस पटक भने चेनको मनको शंका पस्यो। किनकी उनी गर्भ रहनुभन्दा अगाडि घर गएकै थिएनन्।

आफ्नो भेट नै नभई गर्भ कसरी रह्यो? भन्ने विषयमा उनले पत्नीसँग कुरा गरे। तर, यूले गर्भ उनकै भएको चेन नतमस्तक भए र तेस्रो पटक जन्मेकी छोरी पनि आफ्नै भएको स्विकारे। सन् २०२२ को नोभेम्बरमा आएर चेन जिक्सियनले यू वू नामका पुरुषसँग विवाहेत्तर सम्बन्धमा रहेको थाहा पाए। यू ले शांगराव सहरको एक अस्पतालमा चौथो छोरी जन्माएकी थिइन्।

त्यसपछि चेन एकजना वकिल लिएर अस्पताल पुगे। पत्नी यू ले सोही महिनामा त्यस अस्पतालमा गएर छोरी जन्माएकी थिइन् र त्यहाँ भर्नुपर्ने फाराममा बुवाको रुपमा चेनको नाम लेखेर ब्वायफ्रेण्डबाट नक्कली हस्ताक्षर गराएकी थिइन्।

त्यसपछि चेनलाई आफ्ना यसअघिका तीनवटा सन्तानको वास्तविक पिता आफु भएको कुरामा पनि शंका लाग्यो। उनले पत्नीसँग डिभोर्सका लागि निवेदन दिए र त्योसँगै आफ्ना हरेक सन्तानको पितृत्व परीक्षण गराए। परीक्षणको नतिजा थाहा पाएर उनी मर्नु न बाँच्नु भए। जुन तीनजना छोरीहरुलाई उनले आफ्नै भनेर पालनपोषण गरेका थिए तीमध्ये कुनैपनि बच्चा आफ्नो नभएको र उनीहरुको जैविक पिता अरु कोही पुरुष भएको पुष्टि भयो।

चेनले पत्नी यूलाई डिभोर्सका लागि अदालत लगे। उनले डिभोर्ससँगै आफुमाथि भावनात्मक अपराध गरेको भन्दै त्यसको लागि क्षतिपूर्तिको समेत माग गर्दै निवेदन दिए। उक्त पारिवारिक अदालतले सन् २०२३ को डिसेम्बर २३ मा डिभोर्सको मुद्दामा आफ्नो अन्तिम फैसला सुनाउँदै उनीहरुको सम्बन्ध विच्छेद हुने फैसला गर्यो।

अदालतले चेन जिक्सियनलाई पहिलो र दोश्रो छोरीको जैविक पिता नभएता पनि अभिभावकत्वको अधिकार प्रदान ग¥यो। त्यस्तै यू लाई पूर्वपति चेन जिक्सियनको सम्पत्तिमा कुनै दाबी गर्न नपाउने र पति र छोरीहरुका लागि मासिक गुजाराका लागि भत्ता उपलब्ध गराउनुपर्ने आदेश पनि दियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट