होली मनाएर नुहाउने क्रममा सुनकोशीमा वेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटियो

गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका –१४, धाप्लाङ स्थित सुनकोशीमा बेपत्ता भएका तीनै जना बालबालिकाको शव फेला परेको छ।

धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव बुधबार फेला परेको हो। शव उत्रिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले बताए।

मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला भेटिएको थियो। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याईएको छ।

धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ५ बालबालिका मध्ये ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए। २ जनालाई स्थानीयले उद्धार गरेका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट