सहकारी प्रकरणमा रविलाई प्रहरीको क्लिन चिटः रवि भन्छन्– जाहेरी दर्ता छैन, सूचना मात्रै हो

काठमाडौं– पोखराको सूर्यदर्शन सहकारी प्रकरण रवी लामिछानेको संलग्नताका विषयमा अनुशन्धान गरिरहेको कास्की प्रहरीबाट फाईल मगाएर सीआईबीले थप अनुशन्धान गरिरहेका बेला लामिछाने गृहमन्त्री भएसँगै छानविनको प्रकृया नै प्रभावित भएको छ।

नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमार्फत लामिछानेलाई क्लिन चिट दिनुले अनुशन्धान प्रभावित भएको प्रष्ट भएको हो। कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताए।

लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताएका उनले भने–‘सहकारीको विषयमा ठाडो उजुरी आयो। अनुसन्धान गर्दाखरी तथ्य प्रमाण भेटिदैन, रवि लामिछानेमा अहिलेसम्मको तथ्य, प्रमाणमा कुनैपनि आधार देखिँदैन।’

लामिछानेले विरुद्ध २० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी परेको छ। जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित लामिछानेको नाम समेत उल्लेख थियो। त्यो जाहेरीलाई लामिछानेले ‘सूचना’ मात्र भएको दाबी गरेका छन्।

यही प्रकरणमा बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले आफ्नो नाम सहित प्रहरीमा आएको पूरक जाहेरीलाई ‘प्रहरीमा आएको सूचना’ भन्दै त्यो दर्ता पनि नभएको दाबी गरे।

पूरक जाहेरी पुन नयाँ जाहेरीको रूपमा दर्ता नभई पुरानै जाहेरी नम्बरसँग जोडेर अनुसन्धान हुने गरेको छ। प्रहरीले पूरक जाहेरी स्वीकार गरेपछि त्यसलाई कानुनले दर्ता भएको जाहेरीकै अंगका रूपमा लिइने गरिन्छ।

‘जुन सहकारीमा मैले ऋण लिएको भनिएको छ त्यहाँ न मेरो हस्ताक्षर छ, न निवेदन दिएको छु’ उनले भने–‘मैले सुने अनुसार अदालतमा मुद्दा गइसकेको छ। अदालतमा गएको मुद्दामा म प्रतिवादी छैन। प्रतिवादीहरूको बयानमा म रवि लामिछानेको नाम पनि छैन।’

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट