एउटा विषयको परिक्षामा अर्कै विषयको प्रश्नपत्र बाँडिएपछि…

काठमाडौं- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) परीक्षा नियन्त्रण महाशाखाले मंगलबारको अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित गरेको छ।

त्रिवि आईओई परीक्षा नियन्त्रण महाशाखाले आज स्थगित भएको परीक्षा २८ चैत दिउँसो १ बजे हुने सूचना जारी गरेको छ। एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्नपत्र आएपछि परीक्षा स्थगित भएको हो।

मंगलबार ब्याचलर इन अटोमोबाइल इन्जिनियरिङ तेस्रो वर्षको दोस्रो भागको एएम ६५१ अटोमोबाइल कम्पोनेन्ट डिजाइन विषयको परीक्षा थियो। तर, प्रश्न पत्र भने एएम ६५१ अटोमोबाइल कम्पोनेन्ट डिजाइनको पार्ट वानको बाँडिएको थियो।

शिक्षकले प्रश्नपत्र बनाएपछि परीक्षा नियन्त्रण कार्यालयले प्रमाणीकरण नगर्दा विद्यार्थीहरूले दुःख पाएको विद्यार्थीहरुले गुनासो गरेका छन्। पुल्चोक इन्जिनिरिङ क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्यालले भने ‘चरम लापरबाहीको उदाहरण हो यो। यसमा शिक्षक तथा परीक्षा कार्यालयको कमजोरी छ।’

अटोमोबाइल इन्जिनियरिङ थापाथली इन्जिनियरिङ क्याम्पस, धरान इन्जिनियरिङ क्याम्पस र पोखरा इन्जिनियरिङ क्याम्पस गरी तीन ठाउँमा पढाइ हुने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट