जग्गा किन्न सहकारीमा ऋण लिन गएका वृद्ध दम्पत्तिको राती नै हत्या, ढोका वाहिर कस्ले लगायो ताला ?

पोखरा– पर्वतको जलजला गाउँपालिका–२ मल्लाज दहमा मृत फेला परेको एक दम्पतीको हत्या पैसाका लागि भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मंगलबार बिहान जलजला– २ मल्लाज दहमा ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीय कमला घरभित्रै मृत फेला परेका थिए। उनीहरु मृत भेटिएको घरमा बाहिरबाट ताल्चा लागेको अवस्था थियो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसालका अनुसार प्रहरीले ढोका फोरेर भित्र हेर्दा मृत दुवै जना मृत फेला परेका थिए।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट चिकित्सक र तालिम प्राप्त कुकुरसहितको विज्ञ टोलीले घट्नाको अनुशन्धान गरिहेको छ। प्रारम्भिक अनुशन्धानमा दैलोको आग्लो र चिर्पटले हानेर दम्पतीको हत्या गरिएको देखिएको छ। मृतकको टाउको र छातीमा चोट छ।

दम्पती सोमबार पोखरामा जग्गा किन्न भन्दै सहकारीमा ऋण लिन गएको पाइएको छ। जलजला–२ का वडाध्यक्ष प्रकाश घर्ती क्षेत्रीका अनुसार उनीहरुको घरमा गरगहनासमेत भेटिएको छ।

घरमा दम्पतीमात्रै बस्दै आएका थिए। उनीहरुका २ छोरा वैदेशिक रोजगारीका लागि कोरियामा छन् भने अर्का छोरा म्याग्दीको बेनीबजारमा ब्यापार गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट