रेशमका पति–पत्निको घर झगडाले राज्यमन्त्री रहेकी इन्दिराको सांसद पद गयो

काठमाडौं– हत्या आरोपमा जेल बसेर रिहा भएका रेशम चौधरीका पति पत्निको घर झगडाले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री इन्दिरा गिरीको सांसद पद नै गएको छ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रहेका रेशम र अध्यक्ष रञ्जिता श्रेष्ठको टकरावमा गिरीको पद गएको हो। पार्टीमा अहिले रेशम दम्पत्तिको टकराव उत्कर्षमा छ। विवादकैबीचमा रेशमले गिरीसहितका प्रदेश सभा सदस्यलाई सरकारमा पठाएका थिए। तर, रन्जिताले त्यसमा आपत्ति जनाईन।

उनले सवैलाई सरकारबाट फिर्ता हुन निर्देशन दिईन। तर, रेशमले कसैलाई पनि सरकारबाट फिर्ता नहुन अर्को निर्देशन दिए। त्यसपछि रन्जिताले ‘पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएकोबारे स्पष्टिकरण’ सोधिन।

उनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै सांसदबाट हटाईएको छ। राज्यमन्त्री गिरीलाई पदमुक्त गरेको पत्र बोकेर पार्टीका नेता सुदूरपश्चिम गइसकेको केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताए। ‘उहाँलाई सोधिएको स्पष्टीकरण आएपछि हटाइएको हो। सोको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेका छौं, पत्र केही बेरमा पुग्दैछ,’ उनले भने।

गिरी पार्टीका संरक्षक पक्षधर हुन्। नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको थियो। त्यहीअनुसार नाउपाका सात सांसदमध्ये पाँच जना सरकारमा सहभागी भएका थिए।

नाउपाका ७ प्रदेश सांसदमध्ये गिरी र टीका थापा समानुपातिक सांसद हुन्। प्रत्यक्ष निर्वाचित ५ सांसद प्रदेश सरकारमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट