४ दिनअघि विदेशबाट आएका पतिले परपुरुषसँग लागेको भन्दै घाँटी काटेर गरे शिक्षिकाको हत्या

दमक– परपुरुषसँग लागेको आरोपमा झापाको वाह्रदशीकी एक शिक्षिकाको उनकै पतिले घाँटी काटेर हत्या गरेका छन्। ४ दिनअघि मात्रै विदेशबाट आएका बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले विहिवार विहान पत्नि ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन्।

ममसरीको घाँटीमा खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। देवनारायणलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माका अनुसार देवनारायण वैदेशिक रोजगारीका लागि ओमन गएका थिए। ४ दिनअघि मात्रै उनी विदामा घर आएका हुन।

श्रीमती अर्कै व्यक्तिसँग लागेको शंकाका आधारमा उनले ममसरीसँग विवाद गरेको खुलेको छ। सोही विवादमा उनले खुकुरी प्रहार गरी विभत्स हत्या गरेको जनाईएको छ। ममसरी स्थानीय दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन्।

घट्नाको अनुशन्धान भईरहेको झापा प्रहरीका डिएसपी कृष्ण कुमार चन्दले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट