सर्लाहीको मनकामना सहकारी संस्थामा विहानै आगो लाग्यो

सर्लाही– सर्लाहीको हरिवन नगरपालिका–११, हरिवन बजारमा रहेको मनकामना सहकारी संस्थामा आइतबार बिहान आगलागी भएको हो।

संस्थाको कार्यालय भित्रबाट धुँवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीललाई खबर गरेका थिए। अहिले ठूलो संख्यामा स्थानीय र प्रहरी आगो निभाउन परिचालित भएका छन भने हरिवन नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।

अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ। घट्नाको विवरण आउन वाँकी छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट