विशेष अदालतबाट सफाई पाए लगत्तै गाउँपालिका अध्यक्षले कमिशन हिसाव गरेको भीडीओ सार्वजनिक (भीडीओसहित)

राजविराज— सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवलाई बिशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ दिए लगत्तै उनले कमिशनको हिसाव लेनदेन गरेको भीडीओ सार्वजनिक भएको छ।

‘बिष्णुपुर गा.पा. वडा नं ६, सप्तरी’ नामको फेसवुक आईडीमा शनिबार करिव २ बजे उक्त भीडीओ अपलोड गरिएको छ। भीडीओमा गाउँपालिकाका लेखापालले उनलाई कुन–कुन शिर्षकमा कति–कति कमिशन आयो भन्ने वुझाउँछन्।

अत्यमा ५ लाख ३० हजार रुपैयाँ उनको भागमा परेको भन्दै छेउमा वसेका मान्छेतर्फ इसारा गर्दै ५ लाख रुपैयाँ अध्यक्ष यादवलाई दिन निर्देशन दिन्छन्। भीडीओमा ती ब्यक्तिको अनुहार भने देखाईएको छैन। गोप्य रुपमा खिचिएको भीडीओमा दुई जनालाई मात्रै देखाईएको छ।

भीडीओमा उल्लेख भएको मिति अनुसार १२ अगस्त २०२३ को करिव पौने १० बजे भीडीओ खिचेको देखिन्छ। स्रोतका अनुसार भीडीओमा भएको सम्वाद गाउँपालिका अध्यक्ष यादव पक्राउ परेकै प्रकरणको हो। यही हिसावका आधारमा नगद र चेक लेनदेनका क्रममा उनीसहित तीन जना पक्राउ परेका थिए।

यो प्रकरणमा अध्यक्ष यादवले शुक्रबार मात्रै भ्रष्टाचार मुद्दामा सफाई पाएका हुन। बिशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको इजलासले उनीसहित लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर बिरेन्द्र यादवलाई सफाइ दिने फैसला गरेको थियो।

गत ३१ साउनमा राजविराजस्थित गजेन्द्र चौक नजिकबाट लेखापाल टेकनारायण र कम्प्युटर अपरेटर बिरेन्द्रलाई योजनाको वडा नं. ६ को सोलार वत्ति जडानको भुक्तानीको नाममा २ लाख नगद र ३ लाखको चेक लिदै गरेको अबस्थामा पक्राउ गरेको थियो। सोही दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु दुबैजना सहित गाउँपालिका अध्यक्ष समेतलाई प्रतिवादी बनाई बिशेष अदालतमा २९ भदौमा भ्रष्टाचारसम्वन्धि आरोप पत्र दायर गरेको थियो।

सो क्रममा अख्तियारमा बयान दिन गएका बेला अध्यक्ष यादवलाई समेत अख्तियारले नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट