दुधकोशीमा नुहाउने क्रममा ट्याक्टरका चालक र सहचालकको मृत्यु

राजविराज– भोजपुरको आमचौक गाउँपालिका–१० स्थित दुधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय दुई युवकको मृत्यु भएको हो।
बुधबार दिउँसो पौडी खेल्ने क्रममा आमचोक– ६, देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
स्थानीयका अनुसार उनीहरु ट्याक्टर चालक र सहचालक हुन। स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले शवलाई नदीबाट निकालेर पोष्टमाटमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ।
प्रतिक्रिया