मधेशमा सरुवा गरेको भन्दै उपसचिव डाको छोडेर रुन थालेपछि शिक्षा मन्त्रालयमा तमासा

काठमाडौँ– शिक्षा मन्त्रालयले अधिकृतबाट बढुवा भएकालाई पदस्थापन गर्दा आफुलाई मधेसको जिल्लामा इकाई प्रमुख बनाएर पठाएको भन्दै एक जना उपसचिव मन्त्रालयमै डाको छोडेर रोएको घट्ना सार्वजनिक भएको छ।

बुधबार दिउँसो काँधमा झोला भिरेर मन्त्रालयको योजना तथा अनुगमन महाशाखामा छिरेका ती उपसचिवले महाशाखा प्रमुख इमनाराण श्रेष्ठ र प्रशासन महाशाखाका प्रमुख कालीप्रसाद पराजुलीलाई आफुमाथि अन्याय भएको गुनासो गरे।

बाग्मती प्रदेशको एक पालिकामा कार्यरत रहेका उनी बढुवा भएपछि काठमाडौँ आएका हुन्। महाशाखा प्रमुख श्रेष्ठले इकाई प्रमुख हुँदा खुसी हुन उनलाई आग्रह गरे। प्रशासन महाशाखा प्रमुख पराजुलीले इकाईमा गाडी, घोडा र क्वाटर सहितको सुविधा पाउने भएकोले खुसी भएर पदस्थापनको पत्र बुझ्न आग्रह गरे।

तर, ती उपसचिव भने ‘मलाई मन्त्रालय, परीक्षा बोर्ड जहाँ भए पनि पदस्थापन गरेर न्याय गरिदिनुस्’ भन्दे अनुनय विनय गरिरहे। इकाईमा केही काम नभएको र अधिकार जति स्थानीय तहमा भएकोले उनी काठमाडौंमै वस्न चाहान्थे।

यसैक्रममा उनले कसैलाई फोन गरे। सुरुमा सुकसुक मात्रै गरिरहेका उनी विस्तारै पीडा थाम्न नसकेर डाको छाडेर रोएको प्रत्यक्षदर्शी वताउँछन्। ‘मलाई मा¥यो, मलाई मा¥यो। मलाई बाहिर सरुवा गरिदियो’ भन्दै उनी रोइरहे। उनी रुन थालेपछि प्रशासन शाखाका कर्मचारीहरू पनि भेला भए। त्यसपछि उनी झन घोप्टो परेर रुन थाले। जानकारी अनुसार उनको जागिर अवधि ३३ महिना मात्रै भएको छ।

मन्त्रालयले अघिल्लो महिना बढुवा भएका ११ जनाको बुधवार पदस्थापन गरेको हो। त्यसमा उनी पनि परेका छन्। मन्त्रालयका अनुसार शिक्षा विकास तथा समन्वय इकाई इलाममा तारानाथ निरौला, बारामा हेमराज खतिवडा, पर्सामा मोतीप्रसाद भट्टराई, महोत्तरीमा सुवर्णकुमार खड्का, सर्लाहीमा तारापति खरेल, डोटीमा भीमप्रसाद पनेरु, बर्दियामा सूर्यबहादुर खत्रीलाई पदस्थापन गरिएको छ।

त्यस्तै शिक्षक किताब खानामा तारा पाण्डे तिवारी र प्रकाश अर्याल, इआरओमा युवराज अधिकारी र एनओसीमा नृप ध्वज मगरको पदस्थापन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *