सिड्नीको मलमा छुरा प्रहार हुँदा ६ अष्ट्रेलियालीको मृत्यु, एक आक्रमणकारी पनि मारिए

काठमाडौं– अष्ट्रेलियाको सिड्नीमा रहेको वेस्टफिल्ड र बन्डी जंक्शन मलमा छुरा प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र उनका बच्चा रहेको बताइएको छ।

घट्नामा प्रहरीको गोली लागी एकजना आक्रमणकारी पनि मारिएका छन्। मलभित्र ठूलो संख्यामा प्रहरी तैनाथ रहेको बताइएको छ। न्यू साउथ वेल्स पुलिसले वेस्टफिल्ड बन्डी जंक्शन मलमा अपराह्ण ४ बजे भन्दा पहिले आपतकालीन सेवा बोलाएको जानकारी दिएको थियो। प्रहरीले यो क्षेत्रबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

अष्ट्रेलियाली मिडियाका अनुसार यो घटनापछि सयौं मानिसलाई मलबाट बाहिर निकालिएको छ। एबीसीको रिपोर्ट अनुसार केही मानिस अझै पनि मलभित्र फसेका छन्। दुईजनाले रोयटर्सलाई मलमा बन्दुकको आवाज सुनिएको बताए। मानिसहरूलाई बाहिर निकालेको २० मिनेटपछि पनि प्रहरी कमाण्डो सडकमा घुमिरहेका थिए।

एउटी महिला भुइँमा सुतिरहेको र गहना पसलमा शरण लिएको प्रत्यक्षदर्शीले वताएका छन्। प्रहरीले कारबाही भइरहेको बताए पनि थप विवरण दिन अस्वीकार गरेको छ। सामाजिक सञ्जालमा शेयर भइरहेका तस्वीरमा मानिसहरू मलबाट भाग्दै गरेका देखिन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट