कुम्भ मेलाबाट फर्किँदै गरेको मोटरसाईकल विजुलीको पोलमा ठोक्कियो, ६ दिदीका एक्ला भाई अस्ताए

इटहरी– सुनसरीको वराहक्षेत्र नगरपालिका– १, स्थित चतरा धाममा लागिरहेको कुम्भमेलामा पुगेर फर्किदै गरेका एक युवकको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ।

भोजपुर षडानन्द नगरपालिका– १, नेपालडाँडा घर भई इटहरी स्थित दिदीको घरमा वस्दै आएका २२ वर्षीय सुजन गौतमको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो।

तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भएर वराहक्षेत्र नगरपालिका–५ जमटोकीस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सोमबार राति प्रदेश १९०२९०४२ प ५०४९ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका गौतमलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङको बिराटचोकस्थित सुकुना बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययन गर्दै आएका उनी घरको एक्ला छोरा हुन।

उनी ६ वहिनी छोरी पछि जन्मिएको उनको बुबा कुमारले वताए। थिए। गौतम र रुद्र लुईटेल राति ९ बजेपछि खाना खाएर कुम्भमेला दर्शनका लागि इटहरीबाट मोटरसाइकलमा हिडेका थिए। दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेका लुइँटेल घाइते छन्। उनैले दुर्घटनाको बारेमा प्रहरीलाई जानकारी गराएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट