सप्तरीका विष्णपुर र तिलाठीमा मन्त्रालयले तोक्यो प्रमुख प्रशासकीय अधिकृत, को को आए ?
राजविराज– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ८२ जना शाखा अधिकृतहरूको पदस्थापन गर्दै कामकाज तोकेको छ। जसमा दुई जना सप्तरीमा आउने भएका छन्।
पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाईएको छ। जसमा सप्तरीको विष्णपुर गाउँपालिकामा सन्तोष राय र तिलाठी कोईलाडी गाउँपालिकामा सरोजकुमार कर्ण प्रमुख प्रशासकीय अधिकृतमा खटाईएका छन्।
दुवै स्थानीय तहले मंगलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया