आगो निभाउन हिडेको दमकल नै दुर्घटनामा परेपछि…

काठमाडौँ – चोभारको आदिनाथ सामुदायिक वनमा लागेको आगो निभाउने गएको दमकल दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। घाईतेहरको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चोभारमा लागेको आगो निभाउन काठमाडौँ महानगरपालिकाबाट गएको दमकल सम्वन्धित ठाउँमा पुग्नु अघि नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा घाईते भएकाहरुको अवस्था भने सामान्य छ।

सामुदायिक वनमा लागेको आगो पनि नियन्त्रणमा आइसकेको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *