५० वर्षको उमेरमा श्रीमतीको अफेयरः बन्चरोले हानेर हत्या, ६ महिनापछि खुल्यो रहस्य

जनकपुर– धनुषाको सहिदनगर नगरपालिका ७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ५० वर्षीया रेखादेवीको विवाह भएको वर्षौ वित्यो। उनीहरुका २ छोरासहित ५ जना सन्तान छन्।

जेठी छोरी शोभाको भारतको दरभंगा, माइली दीपाकोे बिर्ता डरखोरिया र कान्छी रूपाकोसखुवा दोनवारी टोलमा विवाह भएको छ। जेठा छोरा २८ वर्षीय मोहनको विवाह भइसकेको छ। कान्छाको विवाह गर्न वाँकी छ। दुवै छोरा जनकपुरस्थित सीताचोकमा कोठा भाडामा लिएर मजदुरी गर्छन।

छोराहरु कहिलेकाहीँ मात्रै आउँने भएकाले श्रीमान–श्रीमती मात्रै घरमा राम्रैसँग बस्थे। त्यसमा पनि रेखादेवी प्राय छोरीहरूसँग बस्थिन्। धेरैजसो कान्छी छोरीकोमा। यसै क्रममा सुदिपले श्रीमती अर्कै पुरुषसँग नजिक भएको चाल पाए। ‘त्यो थाहा पाएपछि मैले धेरै सम्झाएँ। तर, उनको बानीमा सुधार आएन’ हत्या आरोपमा दुई दिनअघि पक्राउ परेका उनले प्रहरीसँग भनेका छन्–‘पटक–पटक सम्झाएपछि पनि उनलाई अर्कै पुरुषसँग फेला पारेँ। दुवै जनालाई कुटपिट गरेर सम्झाइबुझाई गरे। त्यसपछि पनि उनलाई आफैँसँग राखेको थिएँ।’

यहीबीचमा सखुवा दोनवारीमा रहेको कान्छी छोरीको मृत्यु भयो। त्यता तिरबाट पनि रेखादेवीको बारेमा सुदिपले नराम्रौ समाचार सुने। त्यसपछि पनि उनले सम्झाइ बुझाई गरेर श्रीमतीलाई आफैंसँग राखे। तर, पटक–पटकको यस्तो घट्नाले श्रीमान–श्रीमतीका बीचमा झगडा हुन थाल्यो। ‘हाम्रो सम्बन्ध बिग्रँदै गएको थियो। घरमा तनाव बढिरहेको थियो।’ उनी भन्छन्–‘हाम्रो घरमा ऋण पनि थियो। ऋण तिर्न छोराहरूले पनि सहयोग गरेनन्। घरजग्गा बेचेर अरु ऋण तिरेँ। ५/६ लाख रुपैयाँ तिर्न बाँकी थियो। ऋणको तनावले मलाई निद्रा लागेको थिएन।’

यसै क्रममा गत १० कात्तिकको राति श्रीमतीसँग सुदिपको झगडा पर्यो। दिउँसो दाउरा चिरेर राखेको बन्चरो नजिकै थियो। ‘रिसको आवेगमा मैले त्यसैले हानेर उनको हत्या गरेँ। श्रीमतीको घटनास्थलमै मृत्यु भयो।’ उनले भनेका छन्–‘रातभरि म निदाउन सकिनँ। भोलिपल्ट बिहान घरभित्रै ५ फिटभन्दा गहिरो खाल्डो खनेर पुरिदिएँ। अनि घटनाको बारेमा दाजुलाई जानकारी गराएँ।’

दाजु ६० वर्षीय उदितले सुरुमा उनलाई गाली गरे। त्यसपछि दाजुभाइ नै भागेर भारतमा गएर काम गर्न थाले। ‘तर, श्रीमतीको शवको बारेमा चिन्ता लागेर काम गर्न खासै मनै लागेन। घटनाको २० औँ दिन ३० कात्तिकमा दुवै जना घर फर्किएर आयौं’ सुदिपले भनेका छन्–‘शव गाडेको ठाउँबाट दुर्गन्ध आइरहेको थियो। त्यसपछि राति १२ बजेतिर खाल्डोबाट शव निकालेर टुक्राटुक्रा पार्यौं। दाजु भाईले दुईटा बोरामा लगेर नेमुवाटोल धबौली कट्टी सिँचाइको पारी खोल्सामा फाल्यौं।’

त्यसपछि फर्किएका उनीहरु घर लिपपोत गरेर फेरी भारततिरै लागे। दिल्लीमा गएर भाँडा बनाउने कम्पनीमा काम गरे। फेरी डेढ महिनापछि दाजुभाइ नै नेपाल भारतको सिमानामा आएर काठको काम गर्न थाले।

यता, ७ मंसिरमा छोराबुहारी घर पुग्दा घरमा ताल्चा लागेको थियो। ढोका खोलेर हेर्दा घर लिपपोत गरेको देखे। शंका लागेपछि प्रहरी बोलाएर देखाए। तर, केही पनि फेला नपरेपछि उनीहरु चुप लागेर बसे। अनि १० कात्तिकदेखि आमा बेपत्ता भएको भन्दै प्रहरीमा खबर गरे। त्यसपछि प्रहरीले रेखादेवीको खोजी सुरु गरेको थियो।

यसैबीचमा ९ वैशाखमा बुबा र ठुलोबुबालाई सँगै भेटेपछि छोराले आमाको बारेमा सोधे। तर, दुवै जना नबोलेपछि मोहनले नै प्रहरीलाई बोलाएर बुबा र ठुलो बुबालाई पक्राउ गराए। अहिले दुवै जना प्रहरी हिरासतमा छन्।

उनीहरुकै बयानका आधारमा शव फालिएको ठाउँमा कंकाल फेला परेको धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारीले बताए। कर्तव्य ज्यानको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको उनको भनाई छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट