कतारबाट एक महिनाका लागि छुट्टीमा आएका युवक होटलमा मृत फेला, होटल सञ्चालक फरार

जनकपुर– वैदेशिक रोजगारीका लागि कतार जान प्लेन टिकटसमेत काटिसकेका धनुषाका एक युवक जनकपुरको एक होटलमा मृत फेला परेका छन्।

जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का करिव ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन्। होटलको २०४ नम्बर कोठामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

मंगलवार बेलुका करिब ७ बजे होटल बुक गरेर बसेका यादव झुन्डिएको अवस्थामा फेला परेको जनाईएको छ। होटलका कर्मचारीहरुले दिएको जानकारी अनुसार यादव वसेको कोठाको ढोका खेल्लै थियो। उनीहरुले नै यादवलाई मृत देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीलाई खवर गरेर होटल सञ्चालनक भागेको जनाईएको छ। उनी झुण्डिएको कोठा खुल्लै हुनु र सञ्चालक फरार हुनुले घट्नालाई रहस्यमय वनाएको मृतकका आफन्तले वताएका छन्। मृतक यादव अविवाहित छन्।

मितका दाजु (नातामा दाई पर्ने) राकेश यादवका अनुसार उनी कतारबाट एक महिना अगाडि मात्रै विदामा घर आएका थिए। अगामी महिनाको ५ मईमा कतार जानका लागि उनले टिकट समेत लिइसकेका थिए।

धनुषाका प्रहरी डिएसपी रञ्जन अवाले घटनाबारे अनुसन्धान भईरहेको बताए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट