उत्तरपुस्तिकामा ‘जय श्रीराम’ मात्रै लेख्ने विद्यार्थीले पाए ७५ मा ४२ अंक !

काठमाडौं– भारतको उत्तर प्रदेश राज्यमा डिप्लोमा इन फार्मेसी अध्ययन गर्ने ४ जना विद्यार्थीले उत्तरपुस्तिकामा ‘जयश्रीराम’ लेखेकै भरमा पूर्णांकको ५६ प्रतिशत अंक पाएका छन्।

सरकारी विश्वविद्यालयमा भएको यो घट्ना सार्वजनिक भएपछि संलग्न शिक्षकलाई कारवाहीको सिफारिस गरिएको छ। यूपीको वीरबहादुर सिंह पूर्वाञ्चल विश्वविद्यालयमा पढ्ने ती विद्यार्थीले जय श्रीरामका अलावा क्रिकेटरहरुको नाम पनि उत्तरपुस्तिकामा लेखेका थिए।

अन्य विद्यार्थीलाई उनीहरुले पाएको अंकमा शंका लागेपछि सूचनाको हक प्रयोग गरेर यो घट्ना सार्वजनिक गरिएको हो। विश्वविद्यालयका पूर्वविद्यार्थी दिव्यांशु सिंहले सूचनाको हक प्रयोग गरी गभर्नरको कार्यालयमा उजुरी दिएका थिए।

उजुरीमा एक प्रोफेसरले पैसा लिएर केही छात्रालाई पास गराएको आरोप लगाएका थिए। उजुरीपछि घटनाको छानबिन भएको थियो। छानविनका क्रममा ती विद्यार्थीलाई ७५ पूर्णांकमा ४२ नम्वर दिएर पास गराएको पाईएको थियो। जुन ५६ प्रतिशत हो। छानबिनपछि ती विद्यार्थीलाई शून्य अंक दिइएको छ।

छानबिन समितिले ती विद्यार्थीलाई अंक दिने दुई शिक्षकलाई बर्खास्त गर्न सिफारिस गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट