कतारबाट काठमाण्डौं ओर्लिएका राजविराजका सितेन्द्रको अपहरण, बन्धक बनाएर ४ लाख ८० हजार माग

काठमाडौं– लामो समय कतारमा वसेर सोमवार साँझ स्वदेश फर्किएका सप्तरीको राजविराज नगरपालिका–१३ का सितेन्द्र यादवलाई काठमाडौंमै नियन्त्रणमा लिएर बन्धक बनाई रकम माग गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीको मलंगवा नगरपालिका–३ का २५ वर्षीय अजिम अलि र २५ वर्षीय एमडिसनी अलाहीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले कतारबाट फर्किएका यादवलाई नियन्त्रणमा लिएर काठमाडौंको सिनामंगलस्थित एक घरको कोठामा एक दिन बन्धक बनाएर राखेका थिए।

दुवै जनााले ४ लाख ८० हजार रुपैयाँ मागेका थिए। पैसा नदिएपछि उनलाई कुटपिट गरीएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। उनका अनुसार कतारमै रहेका मनसुर अलि नामका व्यक्तिले सितेन्द्रको साथमा २५ ग्राम सुन पठाएका थिए। उक्त सुन उनका भतिजा अजिम अलिलाई दिनु पर्ने थियो।

सितेन्द्र काठमाण्डौमा उत्रिएपछि अनसुरले दिएकै मोवाईल नम्वरमा फोन गरी सुन लिन आउनु भनेर अजिमलाई बोलाए। त्यसपछि एक जना ब्यक्ति आएर सुन लिएर गए। तर, त्यसपछि सुन अर्कै व्यक्तिलाई दिएको भनेर सितेन्द्रलाई आफू बस्ने कोठामा लगेर उनीहरूले बन्धक बनाई कुटपिट गरेको एसपी रेग्मीले बताए।

सितेन्द्रलाई बन्धक बनाएर कुटपिट गरेपछि उनीहरूले पैसा मागेका थिए। सितेन्द्रको श्रीमतीलाई फोन गरेर उनीहरूले रकम दिए मात्रै छाडिदिने धम्की समेत दिएको पाइएको प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुशन्धान भईरहेको एसपी रेग्मीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट