श्रीमान विदेशमा, अवैध सम्वन्धबाट सुत्केरी भएपछि शिशुको हत्या, आमा पक्राउ

विराटनगर– एक वर्षअघिदेखि श्रीमान विदेशमा रहेकी एक महिलाले परपुरुषसँगको सम्वन्धबाट जन्मिएको शिशुको हत्या गरेकी छिन्।

नवजात शिशु (छोरा) को हत्या गरेको आरोपमा प्रहरीले मोरङको मिक्लाजुङ–१ की २६ वर्षीया महिलालाई पक्राउ गरेको छ।

मोरङ प्रहरीका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार महिलाका श्रीमान् वैदेशिक रोजगारीका क्रममा १ वर्षदेखि बाहिरै छन्।

श्रीमान् विदेशमा भएका बेला परपुरुषसँगको अवैध सम्बन्धबाट गर्भवती भएकी महिलाले शिशु जन्माएर हत्या गरी फ्याकेको पाइएको डिएसपी बस्नेतले जानकारी दिए। शिशुका बाबुको पहिचानको प्रयास भइरहेको उनको भनाई छ।

घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएपछि उनले शीशुको हत्या गरेर ढुंगाको च्यापमा फ्यालेको अवस्थामा सोमबार साँझ शव फेला परेको प्रहरीले जनाएको छ। शिशुको हत्या गरी घर फर्किँदै गर्दा रगत देखेपछि आफन्तले शंका गरेका थिए।

सोधपुछका क्रममा शिशुको हत्या गरेको खुलेको थियो। घट्नाका विषयमा स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। महिलालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।

परिवारका सदस्यले दिएको जाहेरीका आधारमा उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ्ने डिएसपी वस्नेतले वताए।

फाईल फोटो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट