कपिलवस्तुमा दम्पत्ति नै मृत भेटिए, भर्‍याङमा झुण्डिएको थियो पतिको शव, पत्निको शरीरमा चोट

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका–८, ढोडेकोलमा दम्पत्ति मृत फेला परेका छन्।

वाणगंगाका ६० वर्षीय टेकलाल भुसाल र उनकी पत्नि ५५ वर्षीया जुठी भुसालको शव बुधबार बिहान घरभित्रै मृत फेला परेको छ।

बुधबार बिहान करिव साढे ८ बजे दूध लिएर गएका स्थानीयले दुवै जनालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पतिको शव भर्‍याङमा झुन्डिएको अवस्थामा र पत्नीको शव घरभित्रै खाटमा फेला परेको हो। पत्नीको शरीरमा कुटपिटको चोट देखिएको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति हेर्दा पतिले पत्नीको हत्यापछि आत्महत्या गरेको जस्तो देखिएको स्थानीयले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट