सप्तरीका पालिकामा किर्ते कागज बनाएर आर्थिक हिनामिना गरेको खुलासा

राजविराज– सप्तरीका कतिपय स्थानीय तहले कामै नगरी किर्ते कागज बनाएर रकम हिनामिना गरेको खुलासा भएको छ। नेपाल पत्रकार महासंघ सप्तरीको आईतबार तिरहुत गाउँपालिका–५, लोहजरामा सम्पन्न ११औं जिल्ला अधिवेशन एवम् साधारण सभामा यसको खुलासा भएको हो।

यसरी किर्ते कागजात तयार गरी रकम हिनामिना गर्नेमा डाकनेश्वरी र सुरुङ्गा नगरपालिका तथा र राजगढ, बलान विहुल र छिन्नमस्ता गाउँपालिका छन्। यी पालिकाले नेपाल पत्रकार महासंघ सप्तरीका पदाधिकारीलाई आर्थिक सहयोगका नाममा कार्यक्रम गरेको कागजात तयार गरी रकम उपलब्ध गराएको खुलेको छ।

उनीहरुले कति रकम दिए भन्ने हालसम्म एकिन भएको छैन। शाखाको अधिवेशनमा कोषाध्यक्षले प्रश्तुत गरेको आर्थिक प्रतिवेदनमा पत्रकारहरुले प्रश्न उठाएपछि यो विषय सतहमा आएको हो। आर्थिक प्रतिवेदन अधिवेशनले अस्विकृत गर्दै छानविन समिति गठन गरेको छ।

समितिले पालिकासँग मिलेमतो गरी जथाभावी आर्थिक सहयोग संकलन गरेर अनियमितता गरेको विषयमा छानविन गर्ने जनाईएको छ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष राजेश कर्ण र प्रदेश महासचिव श्याम वन्जाराको रोहवरमा छानविन समिति गठन भएको हो।

नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष धिरेन्द्रप्रसाद साह, महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झा र पत्रकार सतिश दत्त छानविन समितिको सदस्य छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट