सिराहामा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

लहान– सिराहामा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ।

कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २–०१–००४ प ०८३५ नम्बरको मोटरसाइकलले कल्याणपुर नगरपालिका–९, डुमरीमा साइकललाई ठक्कर दिएको थियो।

बिहीबार साँझ भएको यो दुर्घटनामा साइकलयात्री कल्याणपुर नगरपालिका–९ कै ५७ वर्षीय बद्री यादवको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा आरके मेडिसिटी मुसहर्निया धनगढीमा मृत्यु भएको हो।

मोटरसाईकलको ठक्करबाट अन्य २ जना पैदलयात्री घाईते भएका छन्। उनीहरुको उपचार भईरहेको छ। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट