दमकमा १२ कक्षाको परीक्षा दिएर फर्कदै गरेकी उदयपुरकी किशोरीमाथि गोली प्रहार

दमक– झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ।

दमकस्थित हिमाली माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कदै गरेकी उदयपुरकी १८ वर्षीया निशा भनिने एनिका अधिकारीमाथि गोली प्रहार भएको हो।

उनीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै शुक्रबार दिउँसो ११ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनको पेटमा एक राउन्ड गोली लागेको छ।

घाईते गजमेरको दमकस्थित लाइफलाइन अस्पतालको आइसीयुमा उपचार भइरहेको छ। छात्रामाथि गोली किन र कसले प्रहार गर्यो भन्ने खुलेको छैन।

केही स्थानीय प्रत्यक्षदर्शीका अनुसार एक युवकले उनीमाथि गोली चलाएका थिए। प्रहरीले गोली प्रहार गर्ने युवकको खोजी भइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट