परीक्षा दिएर फर्कदै गरेकी छात्रालाई गोली हान्ने युवकको पहिचान, सीमा सिल गरेर खोजी हुँदै

दमक– झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार गर्ने युवकको पहिचान भएको छ। छात्रामाथि सिरहाका ३० वर्षीय अमितकुमार यादवले गोली प्रहार गरेको खुलेको छ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ घर भई दमक नगरपालिका–५ मा डेरा बसेर अध्ययन गर्दै आएकी निशा भनिने १८ वर्षीय एनिका अधिकारीमाथि शुक्रबार विहान करिव ११ बजो गोली प्रहार गरेको थियो।

हिमालय मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्कदै गरेकी अधिकारीमाथि दमक नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक भवन अगाडि आक्रमण भएको थियो। उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भईरहेको छ।

अधिकारीको पेटबाट गोलीको छर्रा निकालिएको झापाका सीडीओ बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। अधिकारीको शरीरका २ ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनलाई गोली नै लागेको निष्कर्षमा प्रहरी पुगेको उनको भनाई छ।

आक्रमणकारीको पहिचान भइसकेकाले भारतीय नाका सिल गरेर खोजी भईरहेको उनले वताए। यादवले अधिकारीलाई किन गोली प्रहार गरे र वन्दुक कहाँबाट ल्याए भन्ने विषय खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट