ऐश्वर्याले अभिषेक भन्दा अघि रुखसँग गरेकी थिईन विवाह, उनकै कारण सलमान र विवेक ओबरायको दुश्मनी

काठमाडौं– बलिउडकी चर्चित अभिनेतृ ऐश्वर्या रायले अभिषेक बच्चनसँग विवाह गरेको थाहा नपाउँने सायद कमै होलान। उनीहरुको विवाह भएको पनि १८ वर्ष पुगिसकेको छ। अभिषेक र ऐश्वर्याकी एक छोरी (आराध्या) समेत छिन।

तर, ऐश्वर्याले रुखसँग विवाह गरेको थाहा पाउनेको संख्या भने धेरै कम होला। विवाहअघि उनले माङ्गलिक दोष हटाउन रुखसँग विवाह गरेकी थिइन्। तर, पनि दुवैको विवाहमा भाँजो आएको थियो। विवाह पूर्व ऐशले ‘धूम २’ मा ऋतिकसँग किस गरेकी थिइन्। यो कुरा बच्चन परिवारलाई मन परेको थिएन।

बोल्ड सिन दिएको भन्दै उनीहरुले प्रश्न उठाए। विवाह भाँडिने अनुमान चलिरहेका बेला उनीहरुले अप्रिल २००७ मा विवाह गरे। उनीहरुको विवाहले निकै चर्चा पाएको थियो।

यस्ता छन् ऐश्वर्याको जीवनका उतार–चढाव
विश्व सुन्दरी बनेकी ऐश्वर्या वलिउडकी सबैभन्दा आकर्षक अभिनेत्रीमध्ये एक हुन्। उनीसँग सलमान खानदेखि विवेक ओबरायसम्म विवाह गर्न इच्छुक थिए। एक समय ऐश्वर्याको सलमानसँग अफेयर थियो भने अभिषेकले करिश्मा कपुरसँग इन्गेजमेन्ट गरेका थिए।

तर अभिषेक र करिश्माको इन्गेजमेन्ट टुट्यो भने सलमानको आक्रामक व्यवहारका कारण ऐशले पनि ब्रेकअप गरिन्। सलमानसँगको ब्रेकअपपछि उनको विवेक ओबेरोयसँग अफेयर थियो। सोही कारण अहिले पनि सलमान र विवेककाबीचमा सम्वन्ध राम्रो नभएको चर्चा हुने गरेको छ।

सन २००५ मा फिल्म ‘बन्टी और बबली’ को ‘कजरारे’ बोलको गीतको सुटिङका क्रममा अभिषेक र ऐश निकट भएका थिए। यस अघि उनीहरु साथी मात्रै थिए। जान, गुरु र धूम २ जस्ता फिल्ममा एक साथ काम गरेपछि भने उनीहरु एकअर्काेसँग आकर्षित हुँदै गए।

टोरन्टोमा फिल्म ‘गुरु’को प्रिमियरपछि अभिषेकले न्युयोर्कमा ऐशलाई प्रपोज गरे र ऐशले पनि स्वीकार गरिन्। त्यसपछि उनीहरु मुम्बई फर्किए र जनवरी १४, २००७ मा इन्गेजमेन्ट गरे। इन्गेजमेन्टपछि धेरै उतारचढाव आए। त्यसैको दोष कटाउन उनले रुखसँग विवाह गरेको चर्चा हुने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट