छात्रामाथि गोली हान्ने अमितकुमार प्रेमी हुन की दुराचारी शिक्षक ?

दमक– झापाको दमकमा परीक्षा दिएर फर्कदै गरेकी छात्रा र उनी माथि गोली चलाउने शिक्षकको सम्वन्धलाई लिएर अहिले सर्वसाधारणमा चासो वढेको छ।

गोली हानेर फरार भएका सिरहाका अमितकुमार यादव भनिएका ब्यक्तिलाई कसैले छात्राको प्रेमी भनिरहेका छन् भने कसैले छात्रामाथि नै दुर्व्यवहार गर्ने दुराचारी शिक्षकका रुपमा प्रचार गरिरहेका छन्। तर, पीडित परिवारका तर्फबाट वास्तविक कुरा वाहिर आएको छैन।

उदयपुरको लिमचुङबुङ गाउँपालिका–३ घर भई झापाको दमक नगरपालिका–५ स्थित कमल बुढाथोकी घरमा डेरा वसेर दमक–२ स्थित हिमालय माविको कक्षा १२ मा पढ्दै आएकी १८ वर्षीया एनिका अधिकारी (निशा) माथि शुक्रबार दिउँसो साढे १२ बजे गोली प्रहार भएको थियो।

परीक्षा दिएर फर्किँदै गर्दा ज्येष्ठ नागरिक भवन अगाडि उनीमाथि गोली प्रहार भएको हो। स्थानीयका अनुसार गोली पड्किएजस्तो आवाज आएपछि हेर्न जाँदा सडकमा एक किशोरी छट्पटाइरहेकी थिईन। उनीहरुले नै प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दमकबाट डीएसपी निशान थापा कमान्डको टोली घटनास्थल पुगेर छात्राको ‘रेस्क्यु’ गरेर स्थानीय लाइफलाइन अस्पतालमा भर्ना ग¥यो। किशोरीको पेटमा डढेको, दबेको र ददारिएजस्तो चोट छ। उनको शरीरभित्र गोली प्रवेश नगरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिएका छन्।

कटुवा पेस्तोल पुरानो र खिया लागेका कारण शरीरमा गोली छिर्न नपाएको जनाईएको छ। एसपी केसीका अनुसार कपडामा अकडिएको अवस्थामा चिकित्सकले गोली फेला पारेका थिए। गोली हान्ने व्यक्ति अमितकुमार यादव भएको किशोरीले नै बताएकी हुन। उनले अस्पतालमा बोलेको भीडीओ सार्वजनिक भएको छ। यादव अहिले फरार छन। प्रहरी स्रोतका अनुसार अमितकुमार घाइते किशोरीका पूर्वशिक्षकसमेत हुन्।

यादव उदयपुरमा कार्यरत रहेको बेला दुव्यर्वहार गरेको भन्दै किशोरीले साउन २०७९ प्रहरीमा जाहेरी दिएकी थिइन्। यादवले मुद्दा फिर्ता लिन दिएको दवाव र प्रभाव किशोरीले अस्विकार गरिन। त्यसपछि यादव कार्यक्षेत्रबाट फरार भएका थिए। शुक्रबार अचानक उनी किशोरीको अगाडि आए। मोटरसाइकलमा आएका यादवले मुद्दा फिर्ता लिन दबाब दिए। तर किशोरीले जवाफ दिईनन्।

त्यसपछि ‘तँ, तेरो दिदी र जाहेरी हाल्न सघाउने व्यक्तिलाई नमारी म जेल जान्नँ’ भन्दै उनले गोली हाने र फरार भए। एनिका अहिले दमकमा दिदीसँगै वस्दै आएको खुलेको छ। अनुशन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार भने अमितकुमार किशोरीका प्रेमी हुन। प्रेम सम्बन्ध विवादमा परिणत हुँदा यो घट्ना भएको हो।

ती प्रहरी अधिकारीका अनुसार अमित र एनिकाबीच प्रेम सम्बन्ध थियो। प्रेममा खटपट भएपपछि परिवारको दबाबमा एनिकाले अमित विरुद्ध दुर्ब्यवहारको उजुरी दिईन। यही घटनाका कारण उनी घर छोडेर दमक वसेर पढ्न थालेको अनुमान छ। प्रहरीमा उजुरी परेपछि फरार भएका अमितले पटक पटक एनिकालाई विवाहका लागि प्रश्ताव गरेको खुलेको छ।

दमक बस्न थालेपछि पनि अमितले एक–दुई पटक भेट्न बोलाएको किशोरीले नै वताएकी छिन्। तर, ‘प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको’ उनको भनाई छ। यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको उनले बताएकी छिन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट