छात्रामाथि गोली चलाउने ब्यक्ति उनकै शिक्षक भएको खुलासा, दुर्ब्यवहारको मुद्दा हालेपछि मार्ने प्रयास

दमक– झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो करिव १२ बजे छात्रामाथि गोली प्रहार भएको घट्नामा संलग्न ब्यक्ति उनकै शिक्षक सिरहाका अमितकुमार यादव भएको खुलेको छ।

घाइते किशोरी १८ वर्षीया निशा भनिने एनिका अधिकारीले आफूमाथि अमितकुमारले नै गोली हानेको दावी गरेकी छिन्। प्रहरीले उनको खोजी गरिरहेको छ। एनिका उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ घर भई दमकममा वसेर हिमालय माविमा कक्षा १२ मा अध्ययन गरिरहेकी छिन्।

प्रहरी स्रोतका अनुसार अमितकुमार उदयपुरमा कार्यरत रहेको बेला एनिकालाई दुव्यर्वहार गरेका थिए। त्यो घट्नामा उनले शिक्षक विरुद्ध साउन २०७९ प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि यादवले मुद्दा फिर्ता लिन दबाव र प्रभाव देखाए। तर मुद्दा फिर्ता लिन तयार नभएपछि अमितकुमार फरार भएका थिए।

शुक्रबार परीक्षा दिएर फर्किएकी किशोरी अगाडि गएर मोटरसाइकल रोक्दै यादवले मुद्दा फिर्ता लिन दबाब दिएका थिए। तर उनले कुनै जवाफ दिईनन्। त्यसपछि ‘तँ, तेरो दिदी र अरुलाई पनि नमारी म जेल जान्नँ’ भन्दै गोली हानेको अनुसन्धानबाट खुलेको छ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले घट्नास्थलमा लडिरहेकी किशोरीलाई उद्वार गरी अस्पताल भर्ना गराएको थियो। प्रहरीका अनुसार उनको पेटमा डढेको, दबेको र ददारिएजस्तो चोट छ। उनको शरीरभित्र गोली भने नपसेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए।

भारतीय सीमा नाकाहरूमा विशेष निगरानी बढाएर गोली हान्ने व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट