जागिरको लोभमा १९ वर्षीया किशोरी एमाले नेताबाट बलात्कृत

काठमाडौं– दोलखाका एमाले नेता विदुर शर्मा विरुद्ध काठमाण्डौंमा बलात्कारको उजुरी परेको छ। काठमाडौँको ठमलेस्थित एक होटलमा आफुमाथि बलात्कार गरेको भन्दै १९ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी छिन्।

दरबारमार्ग प्रहरी वृत्तमा दिईएको उजुरीमा ठमेलको सञ्चयकोश नजिकै रहेको होटलमा गत १९ वैशाखमा आफूमाथि बलात्कार भएको किशोरीले उल्लेख गरेकी छिन्। शर्माले आफुलाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको पीडित किशोरीको दावी छ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, शर्मा अहिले फरार रहेकाले उनको खोजी भईरहेको छ। प्रहरीले होटलको सीसीटीभी फुटेज नियन्त्रणमा लिएको छ। जसमा शर्माले ति किशोरीलाई दिएर गएको दृष्य कैद भएको जनाईएको छ।

शर्मा नेकपा एमाले दोलखाका नेता हुन्। उनी पार्टीको गत अधिवेशनमा एमालेको जिल्ला उपसचिवको उम्मेदवार थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट