चरित्र वनाउने शिक्षकले नै फेसबुकमा बालिकाको चरित्र हत्या गरेपछि…

काठमाण्डौं– बाललिकाको चरित्र निर्माण गर्ने र ज्ञानगुनका कुरा सिकाउने शिक्षक नै सामाजिक सञ्जालमा बालिकाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

एक निजी विद्यालयमा अध्यापन गराउने भक्तपुर नगरपालिका–४ काहालान्चका शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो।

एसपी दीपकराज अवस्थीका अनुसार ती शिक्षकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाण्डौबाट ५ दिनको म्याद लिएर अनुसन्धान भईरहेको छ।

उनले नाबालिकाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर डाउनलोड गरी अश्लिल तस्बिरमा जोडेर नक्कली फेसबुक आइडी चलाईरहेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट