भेरी नदीमा ट्याक्टर खस्दा चालकसहित दुई जनाको मृत्यु

काठमाडौं– रुकुम पश्चिमको आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आज दिउँसो भेरी नदीमा खसेर दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाईते छन्।
आठविसकोट नगरपालिका–१४ छेपारे नजिकैबाट नदीमा ट्याक्टर खस्दा स्थानीय चालक÷मालिक २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते तीन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ।
घाइतेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर विष्णुप्रसाद श्रेष्ठले बताए। उनका अनुसार ट्याक्टर सडकदेखि १५० मिटर तल भेरी नदीमा खसेको हो।
प्रतिक्रिया