इन्टरनेटको तारबाट करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान घाईते
जनकपुर– सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा श्रीमानलाई करेन्ट लागेपछि बचाउन गएकी एक महिलाको शनिवार मृत्यु भएको छ। श्रीमान भने गम्भिर घाइते भएका छन्।
करिव ३४ वर्षीय रम्भा महतोलाई करेन्ट लागेपछि २८ वर्षीया कुसुमदेवी उनलाई बचाउन गएकी थिईन। सोही क्रममा करेन्ट लाग्दा कुसुमदेवीको मृत्यु भएको हो।
प्रहरीका अनुसार, शुक्रबार राति रम्भाको घरअगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार चुँडिएर भुईमा झरेको थियो। तार उठाउन खोज्दा रम्भालाई करेन्ट लाग्यो। श्रीमान्लाई करेन्ट लागेको देखेपछि कुसुम उनलाई बचाउन गईन।
त्यसक्रममा कुसुमलाई पनि करेन्ट लागेको थियो। करेन्ट लागेर दम्पत्ति नै सिकिस्त भएपछि स्थानीयले उनीहरुलाई अस्पताल पु¥याएका थिए। सिद्धिविनायक अस्पतालमा उपचारका क्रममा कुसुमको मृत भएको प्रहरीले जनाएको छ।
रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ।