ट्याक्सी चालकको मृत्यु प्रकरणः छोरी रातभरी बाटोमा कुरिरहिन, छोरो ट्याक्सीमा हालेर हिडेका कृष्ण फर्किएनन

काठमाडौं– भक्तपुर नगरपालिका–७ छलिङका ५२ वर्षीय कृष्ण नगरकोटीको मृत्यु प्रकरणमा ट्वीस्ट आएको छ। नगरकोटी मंगलबार विहान काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मृत फेला परेका थिए।

नगरकोटीको शव मंगलबार बिहान मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो। उनको शव नजिकै ४ वटा ब्लेडसमेत फेला परेका थिए। कालो कपडाले मुख छोपेको अवस्थामा फेला परेका नगरकोटीको घाँटीमा धारिलो हतियारले काटिएको छ।

अनुसन्धानका क्रममा नगरकोटीले सोमवार दिउँसो छोरी २८ वर्षीया रश्मिलाई सेतोपुलमा बस्दै गर्नु भनेर छोरा २१ वर्षीय रिचेनसँग ट्याक्सीमा हिडेको पाईएको छ। चिकित्सकले दिएको प्रारम्भिक जानकारी अनुसार कृष्णको सोमवार राति १२ बजेपछि मृत्यु भएको हो।

उनी पछिल्लो समय मानसिक रूपमा विक्षिप्त अवस्थामा रहेको अनुसन्धानमा खुलेको छ। थलीको उकालोमा ट्याक्सी बिग्रिएपछि उनले ब्लेडले घाँटी काटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

यता, उनीसँगै ट्याक्सीमा गएका छोरा रिचेनलाई प्रहरीले सोमबार साँझ नै फर्पिङबाट नियन्त्रणमा लिएको थियो। उनले आफैँलाई ब्लेडले काटेर आत्महत्याको प्रयास गरिरहेका थिए। यो देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। फर्पिङबाट प्रहरीले नै उनको उद्धार गरेको हो।

उनको साथबाट प्रहरीले दुईवटा ब्लेड पनि बरामद गरेको छ। यता छोरी रश्मि भने हिजोदेखि नै भाइ र बुबालाई कुरेर सडकमै वसिरहेकी थिईन। प्रहरीका अनुसार मानसिक अवस्था कमजोर भएका कृष्णले पछिल्लो समय यात्रु बोक्न छोडेर छोरालाई ट्याक्सीमा राखी विभिन्न ठाउँमा घुमाउने गरेका थिए।

प्रहरीले रिचेन र रश्मि दुवैलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट