वन मन्त्री साहको सम्पत्तिः १२ बोरको राईफल, १५८ तोला सुन, ९ वटा घर र ४० लाख वढि नगद

राजविराज– प्रधानमन्त्री लगायत मन्त्रिहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

विवरण अनुसार, संघीय सरकारमा वन तथा वातावरण मन्त्री रहेका सप्तरी निवासी नवलकिशोर साह सुँडीको सम्पत्ति १२ बोरको राइफल, ९ वटा घर, १५८ तोला सुन र ४० लाख भन्दा वढि नगद देखिएको छ।

उनले आफनो सम्पत्ति आफु, श्रीमती, छोरा र वुहारीका नाममा देखाएका छन्। जस अनुसार उनको घरमा १२ बोरको राईफल छ। उनको नाममा दुई वटा घर छन् भने एउटा घर निर्माणाधीन अवस्थामा छ। श्रीमती साबित्री देवी साह सुडीको नाममा पाँच वटा र छोरा शैलेशकुमार साहको एउटा घर छ।

मन्त्रि साहसँग जम्मा १५८ तोला सुन छ। जसमध्ये श्रीमती सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी छ। यसैगरी छोरासँग ३५ तोला बुहारीहरू माधवी भारतीसँग २२ तोला, शालिनी देवीसँग १७ तोला र मञ्जु साहसँग २८ तोला सुन छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ निवासी साहको विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद देखिएको छ।

 

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट