आँखा जचाउन काठमाडौं हिडेका वस्नेतले गाडीमै सधैंका लागि आँख चिम्लिए
राजविराज– सप्तरीको फत्तेपुरबाट काठमाण्डौं हिडेका एक ब्यक्तिको मंगलबार गाडीमै मृत्यु भएको छ।
आँखा जचाउने प्रयोजनका लागि हायस चढेर काठमाडौं हिडेका सप्तकोशी नगरपालिका– १ फत्तेपुरका ६४ वर्षीय प्रेमबहादुर वस्नेतको मृत्यु भएको हो।
विहान करिव ९ बजे सिराहाको गोलबजार पुगेपछि आफुलाई अलि असहज भएको बताएका उनको बसेको सिटमै निधन भएको हो। उनको शव मंगलबार नै फर्काएर घरमा ल्याईएको छ।
उनको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ। पारिवारीक स्रोतका अनुसार आँखा कमजोर भएपछि उनी चेक गराउन काठमाडौ जाँदै थिए।
मृतक वस्नेतका श्रीमती र ४ सन्तान छन्। उनका दुई छोरा रोजगारीका क्रममा विदेशमा छन्। उनीहरु आएपछि आजै अपरान्ह फत्तेपुर स्थित त्रियुगा आर्यघाटमा अन्तिम संस्कार गरिने जनाईएको छ।
प्रतिक्रिया