बजेटमा निजामतिको तलव र सासु भत्ता नवढ्ने, पूर्वलडाकुका नाममा कार्यकर्तालाई पैसा बाँडिदै

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मंगलबार सार्वजनिक गर्दैछ। यो बजेटमा निजामती कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढ्ने भएको छ। तर, पूर्व लडाकुका लागि भने पोख्त बजेट छुट्याईएको छ।

अर्थमन्त्रालय स्रोतका अनुसार यसपटक निजामती कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताका विषयमा केही पनि छलफल भएको छैन। बरु, विभिन्न नाममा कार्यकर्ता पोस्ने बजेट सार्वजनिक गर्ने तयारी गरिएको स्रोतको दावी छ।

यो रकम सशस्त्र द्वन्द्व र जनआन्दोलनमा घाइते तथा अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता भन्दै छुट्याईएको अर्थमन्त्रालय स्रोतको भनाई छ। तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले माओवादी लडाकुलाई रकम बाँड्न बजेट छुट्याउन दबाब दिएको र त्यसलाई नमान्दा प्रधानमन्त्री रिसाएको खुलासा गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहालको त्यो दबाब अस्विकार गरेकै कारण बहिर्गमनमा परिएको भन्दै उनले खुलासा गरेका थिए। अहिले आफनै पार्टीका नेता वर्षमान पुन अर्थमन्त्री भएका वेला दाहालले आफनो योजना अनुसार वजेट निर्माण गराएको जनाईएको छ। सरकारले करिव १९ खर्वको वजेट ल्याउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट