पौडी खेल्दा खोलामा डुवेको छोरा बचाउन खोज्दा शिक्षकको मृत्यु
झापा– गर्मी छल्न पौडी खेल्ने क्रममा खोलामा डुबेको छोरा बचाउन खोज्दा झापामा एक शिक्षकको मृत्यु भएको छ। मेचीनगर नगरपालिका ३ बडाखालका ४० वर्षीय शिक्षक धनराज भण्डारीको निन्दा खोलामा डुबेर मंगलबार मृत्यु भएको हो।
भण्डारी बाहुनडाँगीस्थित नवज्योति माध्यमिक विद्यालयका शिक्षक हुन। प्रहरीका अनुसार उनी १२ र ८ वर्षका दुईजना छोराहरू लिएर दोकान डाँडाचोक पश्चिमस्थित निन्दा खोलामा गएका थिए। खोलामा पुगेपछि दुवै छोराहरु पौडी खेल्न थाले।
केही समयपछि कान्छो छोरा खोलाको छेउमा आए भने जेठो छोरा अलिक गहिरो ठाउँमा पुगे। गहिरो ठाउँमा पुगेपछि उनलाई पौडिन समस्य भएको धनराजले महसुस गरे। त्यसपछि उनी छोरालाई बचाउन खोलामा पसे। छोरालाई जसोतसो धकेलेर किनारमा पु¥याएपनि आफू भने पानीमा डुवेको स्थानीयले बताएका छन्।
बुबा डुबेपछि छोराहरूले स्थानीयलाई खबर गरेका थिए। त्यसबेला सम्ममा उनी अचेत भइसकेका थिए। स्थानीयले उनलाई उद्वार गरेर विर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोड पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।