सलमान खानसँग विवाह गर्न वितण्डा मच्चाउने २४ वर्षीया किशोरी पक्राउ

वलिउड अभिनेता सलमान खानसँग विवाह गर्न भन्दै पनवेलस्थित उनको फार्महाउसमा पुगेर उत्पात मच्चाउने २४ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ। त्यसपछि यो घट्ना अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा दिल्लीकी ती २४ वर्षीया युवतीले आफूलाई सलमान खानको कट्टर फ्यान घोषणा गर्दै उनीसँग बिहे गर्ने सपनाका साथ आएको बताइन्। सलमानसँग भेट्ने जिद्दी गरिन्। तर, स्थानीयले प्रहरी चौकीमा खबर गरेपछि उनको योजना असफल भयो।

ती युवती आएका बेला सलमान भने आफ्नो फार्महाउसमा थिएनन्। मिडिया रिपोर्टका अनुसार भिडिओमा कैद भावुक फ्यानले बारम्बार खानसँग विवाह गर्ने इच्छा व्यक्त गरेकी छन्। प्रहरीले हिरासतमा लिएपछि उनलाई थप परामर्शका लागि नयाँ पनवेलस्थित एनजीओ सोसल एन्ड इभान्जेलिकल एसोसिएसन फर लभमा सारिएको छ।

एनजीओका संस्थापक पास्टर केएम फिलिपले उनको अवस्था निकै गम्भीर रहेको बताउँदै उनले आफू सलमान खानलाई धेरै माया गर्ने बताएको जानकारी दिए। युवतीलाई मानसिक उपचारका लागि कलम्बोलीस्थित एमजीएम अस्पतालमा भर्ना गरिएको उनले बताए।

सलमानसँग विवाह गर्ने उद्देश्यले दिल्लीबाट नवी मुम्बई एक्लै यात्रा गरेकोमा परिवार चिन्तित भएकाले दिल्लीमा उनकी आमालाई सम्पर्क गरिएको थियो। आठ दिनको उपचार र मनोवैज्ञानिक परामर्शपछि आफ्नो कमजोरी स्वीकार गर्दै किशोरीले घर फर्कने इच्छा व्यक्त गरेकी छिन्।

उनले एनजीओ स्वयंसेवकलाई भनिन्, ‘मैले बाल्यकालदेखि नै सलमान खानका फिल्म हेरिरहेको थिएँ र उनीसँग विवाह गर्न सक्छु भन्ने सपना साँचेकी थिए। अब पनवेल आएर यो सबै (उपचार) गरेपछि मलाई गल्ती भएको महसुस भयो।’

अभिनेता खानमाथि हालैका दिनमा लगातार दुई पटक आक्रमणको प्रयास भएको छ। दुवै घट्नामा केही आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको छ। त्यसैले सुरक्षा निकायले सलमानसँग सम्वन्धित हरेक घट्नालाई गम्भिरतापूर्वक लिने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट