रौटहटमा घाँटी रेटेर युवकको हत्या, हुलाकी सडक छेउमा भेटियो शव र मोटरसाईकल

रौतहट– रौतहट राजपुर नगरपालिका– १, पिपरा भगवानपुरमा एक ब्यक्तिको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

भारतीय सिमानासँग जोडिएको भगवानपुरको पुर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रहरीको प्रारम्भिक अनुमान छ। मृतकको गोजीबाट प्राप्त कागज पत्रमा भारत बिहार मोतीहारीको ठेगाना उल्लेख छ।

मृतकको स्पष्ट सनाखत भने नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी एलिजा गिरीले बताएकी छिन्।

मृतकको शवको केही पर सिजे०१– २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ। उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या गरिएको छ वा अन्य ठाउँबाट हत्या गरेर त्यहाँ फालिएको हो खुल्न सकेको छैन।

हत्या कसले र किन गरेको हो त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट