जिउ दुखेर अस्पताल भर्ना भएकी महिलाको मृत्यु भएपछि विराट नर्सिङ होममा तनाव

विराटनगर– जिउ र पेट दुखेको भन्दै बुधवार विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएकी इटहरी–५ सिमरबनाकी दुर्गा रिमाल (घिमिरे) को शंकास्पद मृत्यु भएको छ।

डाक्टरकै सल्लाह अनुसार अस्पताल भर्ना भएकी उनको बिहीबार मृत्यु भएको हो। डाक्टरले उनलाई मृत घोषणा गरेपछि विराट नर्सिङ होमको अवस्था तनावग्रस्त बनेको थिए। उनलाई अत्यधिक औषधि प्रयोग गरेका कारण निधन भएको परिवारले जनाएको छ।

परिवारका एक सदस्यले दिएको जानकारी अनुसार दुर्गा खाजा खाएर अस्पतालको तला माथि हिँड्दै चढेकी थिईन। त्यसपछि एकै पटक लगातार पाँच वटा भन्दा बढी सिरिन्जबाट औषधि चलाएको थियो।

त्यसपछि मुटुमा समस्या आएको कारण बिरामी अचेत भएको बताएका डाक्टरले बिहीबार उनलाई मृत घोषणा गरेका हुन्। डाक्टरहरू भानु न्यौपाने र डाक्टर ललित राजवंशीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको परिवारले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट