राजनीतिक स्वार्थको चरम नमुनाः बुबा लोसपा सांसद, गापा अध्यक्ष हारेका छोरा जनमतबाट मुख्यमन्त्री !

राजविराज– मधेशमा जनमत पार्टीका प्रदेश अध्यक्ष सतिशकुमार सिंह मुख्यमन्त्री बन्ने भएका छन्। सिंहलाई मुख्यमन्त्री बनाउन ६ दलका ५५ जना प्रदेश सदस्यले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरिसकेका छन्। अव केही समयमै उनलाई सपथ ग्रहण गराईने छ।
यसअघि संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने चर्चा चलेको थियो। तर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अन्तिम समयमा सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय लिएका हुन।
गत निर्वाचनमा अध्यक्ष राउत सप्तरी निर्वाचन क्षेत्र नं. २ बा निर्वाचित भएका थिए। भने सतिश सप्तरी २(१) र महेश सप्तरी २(२) बाट निर्वाचित सांसद हुन्। सिंह र यादव दुवै ल्याईते सांसद हुन। सिंह चुनावअघि तत्कालीन राजपा (अहिलेको लोसपा) बाट जनमतमा प्रवेश गरेका हुन भने यादव माओवादी केन्द्रबाट।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ घर भएका सतिशका बुवा शेखरकुमार सिंह अहिले पनि तत्कालीन राजपाबाट राष्ट्रियसभा सदस्य छन्। सतिश पनि तत्कालीन राजपामा लामो समय सक्रिय रहे र ०७४ को स्थानीय तहको चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए।
०७९ को स्थानीय तहको चुनावमा पनि सोही पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका उनि पराजित भए। त्यसपछि लोसपामा भविष्य नदेखेर जनमततर्फ लागे र प्रदेशसभा सदस्यमा चुनाव लडे। सीके राउतको प्रभावका कारण उनी सहजै निर्वाचित पनि भए।
सतिशका बुवा शेखर ०३५ सालदेखि राजनीतिमा लागेका छन्। तर ०६९ मा शरत सिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरी राजनीतिमा सक्रिय भएका थिए। सोही पार्टीबाट उनले संसदीय क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका थिए । जीत भने हासिल गने सकेन। पछि मधेशवादी पार्टीहरू एकीकरण भई निर्माण भएको राष्ट्रिय जनता पार्टी (राजपा) मा उनी वरिष्ठ उपाध्यक्ष समेत भए।
यता सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएपछि दलका नेता महेशप्रसाद यादव असन्तुष्ट भएका छन्। उनले फेसवुकमा एउटा कोटेशनको स्टिकर राख्दै आफु इमान्दार भएका कारण मुख्यमन्त्री गुमेको संकेत गरेका छन्। कोटेशनमा लेखिएको छ–‘इमान्दार मानिसले जिवनमा एउटै भुल गर्छ, उसले अरुलाई पनि आफुजस्तै इमान्दार सम्झिन्छ।’
उनीमात्रै होईन, सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय अध्यक्ष राउतले एकलौटी ढंगले गरेको एक सांसदले प्रतिक्रिया दिएका छन्। दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने निर्णय नगरेको भन्दै पार्टीमा असन्तुष्टि बढेपछि सिंहलाई नै दलको नेता पनि बनाउने तयारी छ।
यो पनि,
- मधेशमा सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश, यसरी भयो मन्त्रालय भागवण्डा
- सतिश सिंह मधेशको मुख्यमन्त्री बन्दै, हौसिएका महेश यादव अन्तिम समयमा खत्रक्कै
- मधेशमा ढल्यो उपेन्द्र यादवको साढे ६ वर्षे साम्राज्य, जसपा पहिलो पटक सत्ता वाहिर
- मध्यरातमा पदमुक्त हुँदै मधेशका मुख्यमन्त्री, भोली नयाँ सरकार गठनका लागि आह्वान हुने
- जसपामा उपेन्द्र यादव एक्लो सांसद रहने खतरा, ४ सांसद लिएर पार्टी विभाजन गर्ने दाउमा राजकिशोर