त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव २० फिट गहिराईमा भेटियो

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट दुई किशोर त्रिशूली नदीमा डुवेका छन्। डुवेका मध्ये १५ वर्षीय एक किशोरको शव फेला परेको छ।

घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारको हो। उनको शव त्रिशूलीको २० फिट गहिराइबाट निकाालिएको हो। शनिबार दिउँसो ४ बजेतिर पौडी खेल्ने क्रममा १५ वर्षीय युनिक र १३ वर्षीय रिदम रोइला त्रिशूली नदीमा बेपत्ता भएका थिए।

बेपत्ता भएकामध्ये रिदमको खोजी जारी रहेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुई किशोर बेपत्ता भएको सूचना पाए लगत्तै सशस्त्रको आदमघाटस्थित विपद् व्यवस्थापन बेसबाट डीएसपी मदनकुमार रसाईलीको कमाण्डमा ७ जनाको टोली परिचालन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट