चर्चित कन्नड अभिनेता दर्शन थुगुडेपा र पवित्रा गौडा हत्या आरोपमा पक्राउ
काठमाडौँ– चर्चित कन्नड अभिनेता ४७ वर्षीय दर्शन थुगुडेपा र पवित्रा गोडालाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ।
कामाक्षीपल्या प्रहरी स्टेशनमा ९ जुनमा उनीहरु विरुद्ध उजुरी परेको थियो। दर्शनलाई मैसूरको फार्म हाउसबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार बैंगलोरको चित्तदुर्ग क्षेत्रमा बस्ने रेणुका स्वामी नामक व्यक्तिको हत्यामा अभिनेता दर्शन र अभिनेत्री पवित्राको नाम आएको छ।
स्वामीको शव आइतबार कामाक्षीपल्या नजिकैको नालीमा फेला परेको थियो। जानकारी अनुसार उनले लामो समयदेखि अभिनेत्री पवित्रालाई आपत्तिजनक म्यासेज पठाउँदै आएका थिए। यस वर्षको जनवरीमा पवित्रा गौडाले आफ्नो र दर्शनको सम्बन्धलाई १० वर्ष पूरा भएको सामाजिक सञ्जाल पोस्टमार्फत बताएकी थिइन् । दुवैको एक्स्ट्रा मैरिटल अफेयर चर्चामा थियो ।
अभिनेता दर्शनले कारिया, कालासिपल्या, गजा, नवग्रह, सारथी, बुलबुल, यजमान, रोबर्ट, कटेरा जस्ता कन्नड भाषाका सुपरहिट फिल्ममा काम गरेका छन्। उनले ९ पटक उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्।
लोकप्रिय
सप्तरीमा सडकमै बच्चा जन्माएको प्रकरणमा चिकित्सकदेखि प्रशासनिक कर्मचारीसम्ममाथि कारबाही सिफारिस, रिपोर्ट मन्त्रालयमा

