नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोक्यो, कुशलले ४ र दिपेन्द्रले लिए ३ विकेट
काठमाडौं– अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी– २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका विरुद्धको खेलमा नेपालले सानदार ब्याटिङ गरेको छ। नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोक्न सफल भएको छ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
नेपालका स्पिनरहरुले दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट बलिङ गरे। कुशल भुर्तेल एक्लैले ४ विकेट लिएर भने दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। ४ ओभर बलिङ गरेका कुशल्ले १९ रन खर्चेर ४ र दीपेन्द्रले २१ रन खर्चेर ३ विकेट लिएका हुन। सन्दीप लामिछानेले विकेट लिन नसके पनि रन नियन्त्रण गरे।
ब्याटिङमा दक्षिण अफ्रिकाका रीजा हेनरिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले १८ बलमा २७, एडिन मर्क्रम २२ बलमा १५ र डिकक ११ बलमा १० रन बनाएर आउट भए।
लोकप्रिय
ताजा अपडेट
सप्तरीमा सडकमै बच्चा जन्माएको प्रकरणमा चिकित्सकदेखि प्रशासनिक कर्मचारीसम्ममाथि कारबाही सिफारिस, रिपोर्ट मन्त्रालयमा

