जावलाखेलमा नवविवाहित जोडीको मृत्यु

काठमाडौं– ललितपुरको जावलाखेलमा एक नवविवाहित जोडीको मृत्यु भएको छ।
सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको हो।
शुक्रबार राति साढे ८ बजे उनीहरुलाई अचेत अवस्थामा फेला पारिएको थियो। आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेका उनिहरुलाई प्रहरीले उपचारको लागि पाटन अस्पताल भर्ना गराएको थियो।
राती करिव साढे ९ बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया