पाहुना आएका सुनसरीका युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या

विराटनगर — सुनसरीको दुहवी नगरपालिका–१२ का एक युवकको बुधबार राती विराटनगरमा हत्या भएको छ।

विरानगरमा पाहुना आएका दुहवीका अक्लेशकुमार यादवको छुरा प्रहार गरी हत्या गरिएको हो। उनी ठुलोवुवा रामलोचन यादवकी छोरीको विवाहमा पाहुना आएका थिए। विवाह सकिएपछि घर फर्किने क्रममा उनलाई छुरा प्रहार गरिएको थियो।

केही दिन अगाडि मोवाईलका विषयमा भएको विवादलाई लिए विराटनगर महानगरपालिका–४ इक्राइका गणेश यादवले उनलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार अक्लेशको शरीरका विभिन्नि तीन ठाउँमा छुरा प्रहार गरिएको छ।

छुरा प्रहारबाट घाईते भएका उनलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो। सोही क्रममा उनको मुत्यु भएको प्रहरीले जनाएको छ। छुरा प्रहार गर्ने गणेश फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट