झापामा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ को अवस्था गम्भीर

दमक– झापाको मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा ३ जना सवार मोटरसाईकल एकाबिहानै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था पनि गम्भिर छ।
भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल विहान करिव साढे ३ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको छ।
गम्भिर घाईते अवस्थामा अस्पताल भर्ना गरिएको उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका मेचीनगर–१० कै २१ वर्षीय अभिषेक राई र २१ वर्षीय विवेक दनुवार गम्भिर घाईते भएका छन्।
उनिहरुको विर्तामोड स्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णप्रसाद चन्दका अनुसार उनीहरुको अवस्था गम्भीर छ।
प्रतिक्रिया