रौतहटमा बाँसको मुङ्ग्रोले हानेर वहिनीको हत्या, दाजु पक्राउ

जनकपुर– रौतहटमा एक युवकले बाँसको मुङ्ग्रोले हानेर आफनै वहिनीको हत्या गरेका छन्।

परोहा नगरपालिका–८ नरकटिया टोलका २२ वर्षीया दिपेन्द्रकुमार रामले वहिनी २० वर्षीया तेतरीकुमारीको हत्या गरेका हुन। उनलाई प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादका कारण आवेशमा आएर दिपेन्द्रले वहिनीलाई बाँसको मुङ्ग्रोले हिर्काएका थिए। गम्भीर घाइते भएकी तेतरीलाई उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल लगिएको थियो।

उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट