२ करोड रुपैयाँ लुटपाटमा संलग्न बहालवाला प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौँ– भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको आरोपमा वहालवाला प्रहरी हवल्दारसहित ४ जना पक्राउ परेका छन्।
दधिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न भएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनिहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने प्रहरी हवल्दार कृष्णबहादुर बोहरासहित छन्। बोहोरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको जनाईएको छ।
पक्राउ परेकाहरूले ४ असामा रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रतिक्रिया